झुम्का । राजनीतिमा बदलिनु पर्ने सबै भन्दा ठुलो कुरा संस्कार र शैलि रहेको नेपाली काँग्रेसका उपसभापति विश्वप्रकास शर्माले बताएका छन्।
सुनसरीको झुम्कामा आयोजित चुनावी सभालाई सम्वोधन गर्दै उपसभापति शर्माले आफनो मञ्चबाट अरुलाई धारेहात लगाएर गाली गर्न सजिलो ठान्नु भन्दा रुपान्तरण हुनु पर्नेमा जोड दिएका हुन्।
उपसभापति शर्माले आफूले आजै मात्र पनि केही राजनीतिक कार्यक्रममा सम्वोधन गरेपनि कसैलाई गालि नगरेको तर आफू कार्यक्रममा सहभागी हुन आउदै गर्दा अन्य दलहरुको सभाबाट गालीगलोज सुनेको समेत बताए । शर्माले भने चुनावी मैदान भनेको दुस्मनी मोल्ने अखडा नभएर विचार र प्रतिस्पर्धाको विषय रहेको भन्दै काँग्रेस प्रेममा विश्वास गर्छ , समाजिक सद्भावमा विश्वास गर्छ ।
राजनीतिमा गर्छु भन्नेलाई हैन गर्नेका विश्वास गर्नु पर्ने वताउदै काँग्रेस उपभापति शर्माले इतिहास देखि काँग्रेसले मुलुकमा संकट आउदा मुलुकलाई संकटबाट मुक्त गराउन पटकपटक भुमिका खेलेको स्मरण गर्दै मतदान गर्नु पर्नेमा समेत जोड दिए । शर्मालाई फेवा तालमा डुंगा सयर गर्दा रहरले डुंगा चलाउनेलाई भनेर केही समय सम्म डुंगा खियाएको तर विचमा पुगेपछि हावाहुरी आएपछि हामी सक्दैनौ तपाई नै चलाउनु भनेर डुंगा चालकलाई नै जिम्मा लगाएझै रहरका लागि हामी देश बदल्छौं भन्ने तर अनुभव क्षमता नभएकाहरुलाई जिम्मा लगाएर डुंगा जस्तै जोखिम पर्नसक्ने भन्दै मतदान गर्ने कुरा गम्भीर भएर सोच्नु पर्नेमा पनि जोड दिए ।
जेनजी आन्दोलनपछि काँग्रेस रुपान्तरण भयो अव देश रुपान्तरण गर्ने अठोट सहित काँग्रेस अघि वढेको समेत उपसभापति शर्माले बताए । उनले भने रुपान्तरण भन्नाले उम्मेर समुहको सभापति परिर्वतन हैन नीति र सिद्धान्त परिवर्तन गरियो हामीले विधानमै भनेका छौं राष्ट्रपति एक कार्यकाल र प्रधानमन्त्री दुई कार्यकाल भन्दा वढी हुन नपाउने व्यवस्था गरेका छौं । यी र यस्तै कार्यहरुका लागि चुनावपछि पनि पार्टीहरुविच सामुहिक छलफल र वहस आवश्यक रहेको र मुलुकका लागि सबै एकजुट हुनु पर्नेमा समेत शर्माले जोड दिए ।
कार्यक्रममा सुनसरी क्षेत्र नम्बर २ का नेपाली काँग्रेका उम्मेदवार राजीव कोइराला ,पूर्व केन्द्रीय सदस्य राविव ढुंगाना , कोशी प्रदेश सदस्य सिजन गुरुगं , युवा नेता विकास केसी , सुदिप अधिकारी लगायतले बोलेका थिए ।