१३ फाल्गुण २०८२, बिहिबार
26-02-2026 , Thu
×

नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताबीच झडप

Logo
नमो अनलाईन प्रकाशित बिहिबार, फाल्गुण १३, २०८२

काठमाडौं । बैतडीमा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताबीच झडप भएको छ ।

झडपमा परी नेकपा एमालेका दुई जना कार्यकर्ता घाइते भएकाे प्रहरीले बताएकाे हाे । जिल्ला प्रहरी कार्यालय बैतडीले
डिलासैनी गाउँपालिका- ७ को लेक टोलमा बुधबार चुनाव प्रचारप्रसारको क्रममा दुवै पक्षबीच झडप भएको जनाएकाे छ।

झडपमा परी घाइते हुनेमा डिलासैनी– ७ घर भएका एमाले निकट युवा संघका जिल्ला सदस्य अन्दाजी २८ वर्षीय जनक धामी र सोही ठाउँका अम्दाजी २६ वर्षीय माधव धामी रहेको प्रहरीले बताएकाे छ।

घाइते भएका जनकको टाउको र निधारमा चोट लागेको छ । माधवको भने ढाड र दाहिने खुट्टामा चोट लागेको प्रहरीले बताएको हाे । उनीहरुको उपचार गोकुलेश्वर अस्पतालमा भइरहेको छ । यस विषयमा अनुसन्धान गर्न प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटिएको प्रहरी कार्यालयले जनाएको हाे।

error: Content is protected !!