तस्विर : नमो अनलाइन
विराटनगर । जिल्ला प्रहरी कार्यालय सुनसरीले प्रहरीले स्रोत नखुलेको रकम सहित २ जनालाई पक्राउ गरेको छ।
भारतबाट नेपाल तर्फ आउँदै गरेको को. २१ प. १४९५ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा स्रोत नखुलेको रकम सहित २ जनालाई इलाका प्रहरी कार्यालय भण्टावारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा मोटरसाइकल चालक सप्तरी जिल्ला स्थित तिलाठी कोईलारी गाउँपालिका वडा नं. ५ बस्ने बर्ष ५८ को रामलखन यादव र मोटरसाइकलमा सवार भारत जिल्ला सुपौल छिटही हनुमाननगर ग्राम पञ्चायत वडा नं. १५ बस्ने प्रभु मुखिया रहेको छ।
उनिहरुको साथबाट नेपाली रुपैयाँ ६,४८,७१०/- (छ लाख अठ्चालिस हजार सात सय दश ) र भारतीय रुपैयाँ १२,९५०/- (बाह्र हजार नौ सय पचास ) बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उक्त रकम शंकास्पद अवस्थामा फेला परेको हो। बरामद नगदको स्रोत तथा उद्देश्यबारे थप अनुसन्धान गर्न सुनसरी जिल्ला अदालतबाट हुन्डी सम्बन्धी कसुरमा ५ दिनको म्याद थप गराई सम्बन्धित व्यक्तिमाथि कानुनी प्रक्रिया अगाडि बढाइएको छ।
यस घटनाबारे थप अनुसन्धान अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख केशव थेवेले जानकारी दिनुभयो।