विराटनगर । मैथिली विकास अभियानले विराटनगरमा मैथिली लोकगीत प्रतियोगिताको आयोजना गर्न लागेको छ । मैथिली विकास अभियान विराटनगरले बुधवार पत्रकार सम्मेलन गरेर आयोजना गर्न लागेको प्रतियोगिता बारे जानकारी गराएको छ ।
अभियानका अध्यक्ष पत्रकार नविन कर्णले जेठ ३० गते विराटनगरको आरोहण गुरुकुलमा आयोजना गर्न लागेको फाइनल प्रतियोगिताका लागि जेठ २३ गते अडिसनको कार्यक्रम राखिएको जानकारी गराए ।
अडिसनबाट १२ वटा उत्कृष्ट समूह छनौट गरेर फाइनल प्रतियोगितामा सहभागी गराइने छ । प्रतियोगितामा प्रथम हुनेले १५, दोस्रो हुनेले १० र तेस्रो हुनेले ७ हजार रुपैयाँ पुरस्कार र प्रमाण–पत्रप्राप्त गर्नेछ ।
साथै सामाजिक संजाल समूहबाट टिकटकमा उत्कृष्ट हुनेलाई ५/५ हजार नगद सहित प्रमाण–पत्र प्रदान गरिने छ ।
अध्यक्ष कर्णले गौरवमय मैथिली परम्परालाई जीवन्त राख्नका लागि आयोजना गर्न लागिएको लोकनादः मैथिली लोकगीत प्रतियोगिता सम्पन्न गर्न ३ लाख रुपैयाँ खर्च हुने जानकारी गराए ।
मैथिली विकास अभियान विराटनगरका निवर्तमान अध्यक्ष एवं नेपाली कांग्रेसका युवा नेता पंकज बर्मा पत्रकार सम्मेलनमा सहभागी थिए ।