देवानगञ्ज । लिखित कसुर गरेको आरोपमा पक्राउ परेका सुनसरीको देवानगञ्ज–७ का वडा अध्यक्ष सुर्यनारायण यादबलाई बिहिबार सार्वजनीक गरेको छ । लिखित कसुर गरेको अधारमा वडा अध्यक्ष यादवलाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ नियन्त्रणमा लिएर बिहिबार सार्वजनीक गरेको सुनसरीका प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिनुभयो । स्थानीय सिताराम यादवले आफ्नै छोरा राम […]
देवानगञ्ज । सुनसरीको सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकाबाट तिर्थ यात्रा को लागि भारतको अयोध्या, नैमिषारण्य, वृंदावन, चित्रकुट, मथुरा, वनारश, गोकुल र वैजनाथ धाम जान लागेका तिर्थ यात्रीहरूलाई वडा अध्यक्ष हरिनन्दन मेहताले शुभकामनाका साथै सम्मान गर्नुभएको छ । वडा अध्यक्ष मेहताले तिर्थ यात्रीहरुलाई सोमवार देवानगञ्ज गाउँपालिका वडा नं. ६ स्थित रहेको ठाकुरवारी चौकबाट तिर्थ यात्रीहरूलाई शुभकामना दिई […]
हरिनगर । नेपाली हिन्दू महिलाहरूको महान् चाड हरितालिका तीजको रौनक नेपालका के सहर के गाउँ, जताततै फैलिइसकेको छ । यो पर्वमा महिलाहरू आफ्नो स्वास्थ्य र श्रीमानको दीर्घायु कामना गर्दै व्रत बस्छन् । यद्यपि समयसँगै हाम्रो संस्कार र संस्कृतिमा निकै परिवर्तन आएको छ जुन कुरो हाम्रा पर्वहरूमा सहजै दृष्टिगोचर हुन्छन् । हिजोआज तीज भड्किलो हुँदै छ […]
इनरुवा । मुस्लिम इत्तेहाद सङ्गठन सुनसरीको चौथो जिल्ला अधिवेशनले तुफेल अहमद अन्सारीलाई सर्वसम्मति गरी अध्यक्षमा निर्वाचित गरेको छ । सुनसरी इत्तेहादकाे उपाध्यक्षमा माे. एजाजुल (गढी), सचिवमा आकिब हुसेन (इटहरी), उपसचिव द्वयमा सफालुद्दिन मिया(भाेक्राहा) र मुस्ताक आलम(दुहबी)लाई निर्वाचित गरेको छ । अधिवेशनले २५ जना सदस्यसमेत निर्वाचित गरेको सङ्गठन सुनसरी जिल्ला इन्चार्ज अफाक अहमदले जनकारी दिए । […]
हरिनगर । सुनसरीको धरान उप महानगरपालिकाबाट चोरीको नगद सहित एक जना पक्राउ परेको छ । हार्डवेयर पसलमा काम गर्ने मोरङको रंगेली नगरपालिका वडा नं. ५ घर भएका २२ बर्षको दिपक कुमार ऋषिदेवलाई ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । शनिबारका बेलुका धरान उप महानगरपालिका वडा नं. १ पृथ्बीमार्ग स्थित अनुप कुमार […]
बाजुरा । सुदूरपश्चिम प्रदेशकै धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रसिद्ध बाजुराको बडिमालिकामा आज (आइतबार) मेला लाग्दैछ । हरेक बर्षको भाद्र शुक्ल चतुर्दशी जनैपूर्णिमाको अघिल्लो दिन शक्तिपिठ बडिमालिकामा मुख्य पूजा गर्ने गरिन्छ । बडिमालिकामाईको पूजाका लागि बाजुरासहित डोटी र जुम्लाबाट सरकारी टोली बडिमालिका पुगिसकेको छ । बाजुराका चार शक्तिपीठ बडिमालिका, बूढीनन्दा, बडालेक र सुनन्दामा साउन पूर्णिमाको अघिल्लो दिन […]
हरिनगर । लागू औषध नियन्त्रण व्यूरो बिराटनगरबाट र ईलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको संयुत्त प्रहरी टोलीले सुनसरीको कोशी गाउँपालिकाबाट लागु औषधसहित ७ जनालाई पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा शनिवार बिभिन्न समयमा कोशी गाउँपालिका १ लौकही बजारमा आएका मोटरसाइकल एवम् स्कुटरमा शंका लागी ईलाका प्रहरी कार्यालय लौकही र लागू औषध नियन्त्रण व्यूरो बिराटनगरबाट खटिएको […]
देवानगञ्ज । सुनसरीकाे देवानगञ्ज गाउँपालिका वडा नं. ३ पाँचौसिम्मर स्थित रहेको श्री माध्यमिक विद्यालयमा नव निर्मित भवनको उद्घाटन गरिएको छ। आईतवार देवानगञ्ज गाउँपालिकाका अध्यक्ष वेचन प्रसाद मेहताको प्रमुख आतिथ्यमा नव निर्मित आठ कोठे भवनको उद्घाटन गरिएको हो। अध्यक्ष मेहता स्थानीय सरकारको बागडोर समाहले पछि शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई पहिलो प्राथमिक्तामा राखी कार्य गर्दै आइरहेको […]
विराटनगर । कोशी प्रदेश सरकारको बजेटबाट धरान वडा १३ अमर बस्ती (क) खहरेमा लगाएको ग्याबिन जाली भत्काएको घटनामा संलग्न रहेको आरोपमा धरान उपमहानगरपालिका नगर प्रहरीका असई सुरेश मग्रातीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई आइतबार बिहान साढे ७ बजे जिल्ला प्रहरी कार्यालय सुनसरीका सादा पोसाकका प्रहरीले पक्राउ गरेको सुनसरी जिल्ला प्रहरी प्रवक्ता नवीन कृष्ण भण्डारीले […]
सुनसरी। सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका ७ नर्सिङमा दलित सुकुम्बासी ५४ वर्षिय शिवन मरिकले आफू दलित भएको कारणले विभेदपूर्ण तरिकाले घरमा सरकारी व्यक्तिहरुले तोडफोड गरेको आरोप लगाउनुभएको छ । साउन २३ गते सुकुम्बासी र मरिक भएको कारणले भोक्राहा नर्सिङ गाउँपालिका ७ को जनता मावि नरसिंहका प्रधानाध्यापक जदुलाल साह र सोही वडाका वडा अध्यक्ष बौवालाल यादवले प्रहरी […]