२७ आश्विन २०८२, मंगलबार
14-10-2025 , Tue
×

अध्यक्ष मेहताले गरे पालिका वासी प्रति कृतज्ञता व्यक्त

Logo
ब्रहमदेव मेहता प्रकाशित बिहिबार, आश्विन ०१, २०८२

तस्विर : नमो अनलाइन

देवानगञ्ज। जेन-जे पुस्ताले समाजिक सञ्जाल बन्द र भ्रष्टाचारको विरुद्धमा गरेको आन्दोलनमा घुसपैठ कारण देशका धेरै ठाउँमा सरकारी कार्यालय, सार्वजनिक सम्पत्ति, व्यवसायिक भवन तथा निजी सम्पत्तिमा तोडफोड, लुटपाट, आग्जनी अशान्ति फैलिए पनि सुनसरीको देवानगञ्ज गाउँपालिका मातहतको कार्यालयहरु मध्ये वडा नं. ५ को कार्यालयमा समान्य छति मात्र भयो देवानगञ्जका जेन-जे समुह तथा स्थानीय वासिले देखाएको संयमताका कारण अत्याधिक छती हुनबाट जोगियो।

पालिकाभित्र कुनै किसिमको अप्रिय घटना घटेन, लुटपाट भएन, पालिका भित्रका जनताले देखाएको जिम्मेवार नागरिकको चेतनाको सम्मान गर्दै गाउँपालिका सरकारका प्रमुख बेचनप्रसाद मेहताले बिहिबार समाजिक सञ्जाल फेसबुकमा लेख्दै पालिकावासी प्रति कृतज्ञता व्यक्त गरेका छन्।

उनले लेखेका छन् “देवानगञ्ज गाउँपालिकामा शान्ति सुरक्षा कायम राख्न सहयोग पुर्‍याउनुभएका सम्पूर्ण देवानगञ्ज बासि प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।

देवानगञ्ज वासिले देखाउनुभएको अनुशासन र सामाजिक सद्भावले देशभरि नै सकारात्मक सन्देश प्रवाह गरेको छ ।। धन्यवाद !”

यता स्थानीय बासिन्दाले पनि आफ्नो पालिका शान्त रहनुमा सबैको साझा समझदारी र सहकार्यको भूमिका रहेको बताए। उनीहरूका अनुसार आन्दोलनका बेला कतिपय ठाउँमा तनावपूर्ण वातावरण भए पनि स्थानीय जागरुक अगुवाहरुले सबैलाई संयमित रहन निरन्तर आग्रह गर्दै आएको थियो।