२७ आश्विन २०८२, मंगलबार
14-10-2025 , Tue
×

संविधानको रक्षाका लागि एक भएर अगाडि बढ्नु पर्छ: मुख्यमन्त्री कार्की

Logo
नमो अनलाईन प्रकाशित शुक्रबार, आश्विन ०२, २०८२

तस्विर : नमो अनलाइन

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा ऐतिहासिक संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्र सुदृढीकरणका लागि सबै राजनीतिक दल, नागरिक समाज र आम नेपाली जनतालाई एक ढिक्का भएर अघि बढ्न आह्वान गरेकाे छ ।


संविधान दिवस र राष्ट्रिय दिवस २०८२ लाई सम्बाेधन गर्दै मुख्यमन्त्री कार्कीले भनेर सात दशकभन्दा लामो संघर्ष र बलिदानको परिणामस्वरूप वि.सं. २०७२ साल असोज ३ गते जननिर्वाचित संविधानसभाबाट जारी संविधान नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको आधारस्तम्भ हो र यसको रक्षा गर्न सबैले हातेमालो गरी अगाडि बढ्नुपर्ने वताए ।

उक्त अवसरमा मुख्यमन्त्रीकार्कीले सहिदहरू प्रति श्रद्धाञ्जली अर्पण गर्दै भदौ २३ र २४ गते भ्रष्टाचार अन्त्य र सुशासन स्थापनाको माग गर्दै प्रदर्शनका क्रममा ज्यान गुमाएका युवाप्रति समेत हार्दिक श्रद्धाञ्जली प्रकट गरेका थिए ।

कोशी प्रदेश सरकार संविधानको पालना, कानुनको शासन, सुशासन र पारदर्शिता कायम गरी भ्रष्टाचार निवारण लागिपरेको चर्चा गर्दै उहाँले सामाजिक, आर्थिक विकासलाई तीव्रता दिँदै समाजवादउन्मुख राष्ट्रिय अर्थतन्त्र निर्माण गर्नु अहिलेको अभिभारा भएको प्रष्ट पारेका थिए ।


संविधान कार्यान्वयनका क्रममा देखिएका समस्याहरूलाई विधिपूर्वक संविधान संशोधनमार्फत समाधान गर्दै राजनीतिक स्थिरता, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम गर्न उहाँले आह्वान गरेका छन ।
मुख्यमन्त्री कार्कीले ‌युवाहरूको ऊर्जा, सिर्जनशीलता र सीपलाई सदुपयोग गर्दै समृद्ध नेपालको राष्ट्रिय आकांक्षा पूरा गर्न कोशी प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गरेका थिए ।

संविधान दिवसले सबैलाई आवेग र उत्तेजनाभन्दा माथि उठेर राष्ट्रको सर्वोपरि हितलाई केन्द्रमा राखी विवेकसम्मत ढङ्गले अघि बढ्न प्रेरणा दिने उहाँले विश्वास व्यक्त गर्नुभएको छ। प्रदेश सरकारले आज विविध कार्यक्रम गरी संविधान दिवस मनाएको छ।