२५ मंसिर २०८२, बिहिबार
11-12-2025 , Thu
×

बिजय गच्छादारको नाम सर्वसम्मत नहुँदा तनावमा, प्रतिनिधी सभामा उहाँ सहित ३ जना सिफारीस

Logo
नमो अनलाईन प्रकाशित बुधबार, मंसिर २४, २०८२

तस्विर : नमो अनलाइन

बिराटनगर । नेपाली काँग्रेस सुनसरी क्षेत्र नम्बर ३ ले आउदो फागुन २१ को निर्वाचनका लागी प्रतिनिधि सभाको लागी उमेद्वार सिफारिसको कार्य सम्पन्न गरेको छ। क्षेत्रीय सभापति मेहेदी हुसैनको अध्यक्षता मा आयोजित उमेद्वार छनौट बैठकमा आज प्रतिनिधी सभा, समानुपातीक र रास्ट्रीय सभाका उमेद्वारको नाम जिल्ला कार्यसमिति सुनसरि लाइ सिफारिस गरेको छ।

प्रतिनिधि सभा प्रत्यक्ष तर्फ उमेद्वारका लागी सुनसरी ३ बाट बिजय कुमार गच्छादार, वेद नारायण गच्छादार र ओम कुमार थापाको नाम सिफारिस भएको छ। यसैगरी समानुपातिक तर्फ महेश प्रसाद बास्तोलाको नाम एक नम्बर मा सिफारिस भएको छ उनि सगै , दिलमाया डाँगी, प्रमिला गच्छादार, गोमा पराजुली सहित १३ जना सिफारिस भएका छन भने रास्ट्रीय सभाका लागी मेदनी प्रसाद सिटौला, हरि सापकोटा, पन्छि वाइवा , दिपक राइ, कल्पना चौधरी , गुलाबि मिया , ध्रुब घिमिरे लगायत १५ जनाको नाम सिफारिस भएको छ।

समानुपातिक तर्फ ४ वटै पालिकाबाट १ नम्बरमा सिफारिस भै आएका क्षेत्रीय सभापति मेहेदी हुसैनले सबैभन्दा पहिला आफ्नो उमेद्वारी सुचि बाट फिर्ता लिएका थिए। उनले समग्र पाट्रीको हित र इच्छुक नेताहरुको सम्मान लाइ ख्याल गर्दै जो जस्को नाम मा केन्द्र बाट टिकट आएपनि काँग्रेसलाइ जिताउन आफु प्रतिबद्द रहेको भन्दै ठुलो दिलबनाएर आफ्नो नाम सिफारिस गर्ने पालिकालाइ धन्यवाद दिएका थिए।

पत्रकार सग कुराकानी गर्दै इटहरीका काँग्रेस युवा नेता कमल पाण्डे ले भने : ”सुनसरी ३ ले गरेको निर्णयले आशा जन्मायो, हामी खुसि छौ भोलिका दिनमा युवाले टिकटपाए अत्याधिक मतले बिजय हासिल हुनेछ, ‘।