बिराटनगर। आनन्द मन्दिर निर्माण संघर्ष समितिले सुनसरीको सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिका – २, स्थित रहेको “आनन्द मन्दिर” को नाममा दर्ता कायम रहेको जग्गामा अबैध रुपमा निर्माण गरिएको मदरसा हटाउन गाउँपालिकामा ज्ञापनपत्र बुझाएको छ।
देवानगञ्ज गाउँपालिका – २, स्थित रहेको १०० नम्बरको कित्ता ४ कठ्ठा ५ धुरको जग्गा फिलबुकमा मन्दिरको नाममा कायम रहेको तथा परापूर्व कालमा त्यस ठाउँमा आनन्द भगवानको पुजा पाठ गर्ने गरेको सो अवसरमा मेला समेत लाग्ने गरेको भन्दै खाली गराउन माग गरेको हो।
ज्ञापनपत्रमा भनिएको छ “उक्त जग्गामा ऐलानी हो भन्दै मुस्लिम समुदायका केही व्यक्तिहरूले अबैध रुपमा सानो टहरा निर्माण गरि मदरसा संचालन गरे बिस्तारै त्यस ठाउँमा पक्की संरचना निर्माण गरी जग्गा कब्जामा लिएको अवगत गराउन चाहन्छौं। मन्दिरको जग्गामा मदरसा निर्माण गरी कब्जा गरेको जग्गामा गाउँपालिकाले भवन निर्माण बजेट छुट्याएको प्रती समस्त हिन्दू समाजको ध्यान केन्द्रित भएको छ। उक्त विवादित जग्गामा गाउँपालिकाबाट मदरसाको भवन निर्माणका लागि बजेट दिनु हिन्दू समाजको आस्था माथि कुठाराघात गरेको हाम्रो ठम्याई छ।
संस्थागत सम्पत्तिमा यसरी अवैध रूपमा कब्जा जमाइनु जग्गाधनी अधिकार, धार्मिक स्वतन्त्रता र मौलिक हक माथिको प्रत्यक्ष उल्लंघन हो। आनन्द भगवानको मन्दिर जस्तो पवित्र धर्मस्थलको नाममा दर्ता कायम रहेको जग्गामा आनन्द मन्दिर नै निर्माण गरिनु पर्ने हाम्रो धारणा छ। तसर्थ उक्त जग्गामा अवैधानिक रुपमा निर्माण गरिएको मदरसाको भवन निर्माण गर्न छुट्याईएको बजेट रोका गरी अवैध रुपमा कब्जा गरिएको जग्गा खाली गराई मन्दिर निर्माणको कार्यको लागि मार्ग प्रशस्त गरिदिनु हुन हामी जोडदार माग गर्दछौं।”
सोही अवसरमा ४ बुंदे माग समेत राखेका छन्। जुन उल्लेख गरिए अनुसार छ।
१. आनन्द भगवानको नाममा दर्ता रहेको १०० नं. कित्ता, ४ कट्ठा ५ धुर जग्गामा निर्माण गरिएको मदरसाको टहराहरु हटाई जग्गा खालि गराउन पहल गरी दिनुहुन्।
२. गाउँपालिकाबाट उक्त जग्गामा मदरसा भवन निर्माणका लागि छुट्याइएको बजेट रोक्का तत्काल रोक्का गरिदिनु हुन्।
३. फिलबुकमा आनन्द भगवानको मन्दिरको नाममा रहेको उक्त जग्गा मुल जग्गा धनीको नाममा दर्ता गर्न स्थानीय सरकारले चाल्नु पर्ने आवश्यक कानुनी प्रक्रियाहरु अगाडि बढाई दिनुहुन्।
४. उक्त ठाउँमा मन्दिर निर्माण गरिनु पर्ने भएकोले मन्दिर निर्माणको लागि आवश्यक पहल गरिदिनुहुन।
समितिले मागहरुलाई गम्भीरतापूर्वक लिई धार्मिक स्थलको संरक्षण, अवैध कब्जा नियन्त्रण र कानुनी दर्ता जग्गाको सुरक्षा गर्ने कार्यमा स्थानीय सरकार अग्रसर हुने कुरामा हामी विश्वस्त रहेको बताएका छन्।
अन्यथा समितिले चरणबद्ध रुपमा विभिन्न कार्यक्रमहरू अगाडी बढाउने र अवैध रुपमा गरिएको कब्जा न हटाएमा आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन्।
ज्ञापनपत्र :