२१ माघ २०८२, बुधबार
04-02-2026 , Wed
×

तालिम दिएर छाड्दिन उद्यमी बनाउने जिम्मा लिन्छु : वेद गच्छादार

Logo
नमो आलाईन प्रकाशित मंगलबार, माघ २०, २०८२

तस्विर : नमो आलाईन

बिराटनगर । दुहबी नगरपालिकाको आफ्नै लगानीमा सन्चालित पछिल्लो समयमा युवाहरुको आकर्षक मानिने बारिस्टा तालिम आज समापन भएको छ। दुहबीका ४० जना युवायुवती हरुलाइ निशुल्क कफि बनाउने तालिम गत पौष १३ देखी सन्चालन भएको थियो। दुहबी नगरपालिकाको आयोजना र रोजगार तथा लघु उद्यम बिकाश शाखाको सहकार्यमा आयोजित उक्त कार्यक्रमको समापन तथा प्रमाणपत्र बितरण प्रमुख अतिथि नगर प्रमुख वेद नारायण गच्छादारले गरेका थिए। कार्यक्रममा अतिथि उपप्रमुख मेनुका खतीवडा समेत उपस्थित थिइन्।

प्रमाणपत्र बितरण पछि बोल्दै नगर प्रमुख गच्छादारले मुलुकको हस्पिटालिटी क्षेत्रमा दक्ष कामदार आपूर्ति गराउने र बैदेशिक रोजगारीमा जादा समेत सम्मानजनक तलव सुबिधा प्राप्त गर्न सक्ने उद्देश्यले १ महिने बारिस्टा तालिम दुहबी नगरपालिका ले सुरु गरिएको बताए। सिप आर्जन गरीसकेपछि सिपलाई आफ्नो जिवनमा उपयोग गर्नुपर्ने बताउँदै सिप लिनु भन्दा व्यवहारमा उर्तानु ब्यावसायिक जिवनयापन गर्नु महत्वपुर्ण पक्ष भएकाले सहभागिलाई सिप आफ्नो जिवनमा प्रयोग गर्न उहाँको आग्रह छ ु।

उनले भने। एकमहिना सम्म कफिका बिभिन्न २९ वटा आइटम सिक्नु भयो , यो प्रारम्भिक सिकाइ भएपनि थप एड्भान्स तालिम केहि दिनभित्रै सन्चालन गरी थप दक्ष बनाउने मात्रै हैन आवश्यक उपकरण, बिउपुँजी , बजारीकरण लगायत ब्यावसायिक योजना उपलब्ध गराइ युवाहरुलाइ आर्थिक मेरुदण्ड बनाउने छुु ।

सिपयुक्त व्यक्ति देशविदेश जहाँ गएपनि बिक्न सक्ने भएकाले वर्तमान परिप्रेक्षमा सिप महत्वपुर्ण रहेको बताउदै उनले दुहबीमा हालसम्म सयकडौ युवायुवतीहरुले बिभिन्न सिप सिकेर स्वरोजगार र आत्मनिर्भर बनिसकेको देख्दा आफु गौरवान्वीत भएको उनले जनाए। , अहिले सिकेका कुरा भोलिका दिनमा विश्वका जुनसुकै कुनामा गए पनि काम लाग्छ,’ उनले भने, ‘आफूसित सीप भएको खण्डमा तुरुन्त काम पाइन्छ , आफ्नो आत्मसम्मान बढ्छ , काम सानो ठुलो हुदैन जस्ले आफ्नो आवश्यकता टार्छ ,।

सगभागीलाइ हौसला प्रदान गर्दै उनले भने, यो तालिमको खर्च मेरो गोजिको पैसा हैन तपाइहरुको ट्याक्स को जम्मा रकम हो , म केवल पात्र हुँ त्यसैले तपाइहरुले यसलाइ आफ्नै लगानी सम्झेर आर्थिक सुधार र समाज परिवर्तनको अभियान थाल्नुस, मेरो सत प्रतिशत साथ रहने छ।

प्रशिक्षार्थी हरु तर्फबाट आस्था गुरुङ, राजन बास्तोला, नेहा अग्रहरी, र अ्इत चौधरीले युवाहरुको चाहाना र भावना बुझेर समयको माग बमोजिमको सिप दिलाइ आवश्यक थप साथ सहयोग गर्ने मेयर ज्युको प्रतिबद्दताले आफुहरु लाइ ढुङ्गा खोज्दा देउता मिले झै भएको भन्दै मेयरको प्रशंसा गरेका थिए। उपमेयर मेनुका खतीवडाले सहभागी सबैलाइ भबिश्यको सफलताको सुभकामना दिएकि थिइन्।

प्रशिक्षक मुना घिमिरे ले प्रशिक्षार्थीलाई कफीको दानादेखि कसरी कपमा पस्किएर ग्राहकसमक्ष पुर्‍याउने भन्ने कला सिकाइएको र प्रशिक्षार्थी हरुले ध्यानपुर्वक सिकेको बताइन्।

error: Content is protected !!