काठमाडाैं । यहि फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनकाे ४३ वटा संस्थाले पर्यवेक्षण गर्ने भएका छन् ।
निर्वाचन आयोगले ३ अन्तर्राष्ट्रिय र ४० वटा राष्ट्रिय गरी ४३ संस्थालाई पर्यवक्षेणको लागि अनुमति दिएको जनाउकाे हाे । आयोगले ४० वटा राष्ट्रिय पर्यवेक्षण संस्थालाई प्रशिक्षण पनि दिइसकेको बताएकाे छ । आचारसंहिता अनुगमन तथा पर्यवेक्षण समितिका संयोजक समेत रहेका आयुक्त सगुन शमशेर जबराले तोकिएको आधार-प्रक्रिया पूरा गरेका ३ अन्तर्राष्ट्रिय र ४० वटा राष्ट्रिय संस्थाहरुले चुनावको पर्यवेक्षण गर्ने जानकारी दिनुभयो ।
त्यसैगरी आयोगको निमन्त्रणामा विभिन्न देशका निर्वाचन आयुक्तसहित १५ जना विदेशी पाहुना पनि निर्वाचन पर्यवेक्षणको लागि आउने भएकाे पनि उहाँकाे भनाइ छ ।