तस्विर : नमो आलाईन
बिराटनगर। सुनसरी क्षेत्र नं. ४ बाट निर्वाचित सांसद इन्जिनियर दीपक कुमार साह शले आगामी १२ गते हुन लागेको सपथग्रहणमा आफ्नै मातृभाषा मैथिलीमा शपथ लिने तयारी गरेका छन्।
सांसद साहले मातृभाषा मैथिलीलाई प्राथमिकता दिँदै शपथ ग्रहण गर्ने निर्णय गरेको सचिवालयले जनाएको छ।
उनको यो कदमले भाषा, संस्कृति र स्थानीय पहिचानप्रति गहिरो सम्मान प्रकट गर्ने विश्वास गरिएको छ।
नेपालजस्तो बहुभाषिक देशमा आफ्नै मातृभाषामा शपथ लिनु समावेशी लोकतन्त्रको अभ्यासका रूपमा हेरिन्छ। यसले स्थानीय भाषा तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनमा सकारात्मक सन्देश दिने अपेक्षा गरिएको छ।
सांसद साहको यो पहलले मातृभाषाको महत्व उजागर गर्दै त्यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन प्रेरणा दिने विश्वास गरिएको छ।
स्थानीयवासी तथा समर्थकहरूले पनि उनको यस निर्णयप्रति उत्साह व्यक्त गर्दै यसलाई आफ्नो पहिचानप्रतिको सम्मानका रूपमा लिएका छन् ।