११ चैत्र २०८२, बिहिबार
26-03-2026 , Thu
×

केपी शर्मा ओलीले भने : हामी अझै पनि तेस्रो शक्ति हौं।

Logo
रासस प्रकाशित बिहिबार, चैत्र ११, २०८२

तस्विर : नमो आलाईन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी अझै पनि देशको राजनीतिक शक्तिको रुपमा कायमै रहेको बताएका छन् ।

पार्टी कार्यालय च्यासलमा सांसदहरूलाई सम्बोधन गर्दै उनले एमाले अझै तेस्रो शक्तिको रुपमा रहेको बताएका हुन् ।

उनले सरकारले जादुयी चुनाव मञ्चन गरेर रास्वपाले लगभग दुई तिहाइ सिट ल्याएको पनि टिप्पणी गरे ।

‘जादुमयी चुनाव मञ्चन गरेर लगभग दुई तिहाइ ल्यायौं भनियो । योअघि रास्वपाको २१ सिट थियो । अहले पनि प्रतिनिधिसभामा हामी त्यो भन्दा बढि छौं । हामी अलिकति खस्किएर यहाँ आइपुग्यौं,’ उनले भने, ‘कुनै चिज क्याइमेक्समा पुगेपछि घट्ने दिशामा लाग्छ । हामी कुनै गल्तीले, सुशासनविरुद्धको कामले, असक्षम भएर हामी यहाँ आइपुगेका होइनौं ।’

ओलीले घृणाको राजनीतिले अहिलेको अवस्थामा पुगेको भन्दै जनताको साथ लिएर फेरि अघि बढ्ने प्रण गर्नुपर्ने बताए ।

‘२१ सिट हुनेले दुई तिहाइ पुर्‍याउँछ भने हामीसँग अहिले पनि २५ सिट त छ नि । तर पनि नेकपा एमाले तेस्रो शक्तिको रुपमा एमाले रहेकै छ त,’ उनले भने, ‘अनेक शक्ति नामोनिशासन नरहँदा पनि हामी शक्तिको रुपमा छौं । हामी सकियौं भन्ने कुरा होइन ।’

उनले यो निर्वाचनबाट गहिरो शिक्षा प्राप्त भएको पनि बताए ।उनले थपे, ‘गहिरो र गभ्मीर शिक्षा लिने अवसर प्राप्त गरेका छौं । शिक्षा लिएर आफूलाई चुस्त दुरुस्त अगाडि बढाउनुपर्छ ।’

error: Content is protected !!