१७ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

ओली पक्राउको विरोधमा सडकमा उत्रियो एमाले

Logo
नमो अनलाईन प्रकाशित शनिबार, चैत्र १३, २०८२

काठमाडौं । नेकपा (एमाले)ले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा र्‍याली निकाल्न सुरु गरेको छ ।

यति बेला (शनिबार बिहान साढे ९ बजे) काठमाडौंको चाबहिल चोकबाट विरोध प्रदर्शन सुरु गरिएको प्रहरीले जनाएको छ ।

१०० भन्दा बढीको संख्यामा प्रदर्शनकारी विरोधमा उत्रिएका छन् । शनिबारै बिहान भक्तपुरको गुन्डुस्थित निवासबाट ओलीलाई प्रहरीले पक्राउ गरेको हो ।

ओलीको प्रक्राउबारे पार्टीको धारणा सार्वजनिक गर्न एमाले सचिवालयको बैठक केन्द्रीय कार्यालय च्यासलमा जारी छ ।

error: Content is protected !!