१५ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

ओली र लेखक पक्राउपछि गृहमन्त्री गुरुङको प्रतिक्रिया: “न्यायको सुरुवात भयो”

Logo
नमो अनलाईन प्रकाशित शनिबार, चैत्र १३, २०८२

विराटनगर । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेपछि गृहमन्त्री सुधन गुरुङ ले सामाजिक सञ्जालमा कडा प्रतिक्रिया जनाएका छन्।

शनिबार बिहान दुई नेताको पक्राउपछि उनले फेसबुकमा “आयो गोर्खाली” भन्दै पोस्ट गरेका छन्, जसले राजनीतिक वृत्तमा चर्चा पाएको छ।

अर्को पोस्टमा गुरुङले “कानुनभन्दा माथि कोही छैन” भन्दै पक्राउलाई न्याय प्रक्रियाको सुरुवात भएको बताएका छन्। उनले यो कदम प्रतिशोध नभई विधिको शासन स्थापित गर्ने प्रयास भएको स्पष्ट पारेका छन्।

गुरुङले देशले अब नयाँ राजनीतिक दिशा लिनुपर्ने विश्वास व्यक्त गर्दै सबैलाई कानुनी प्रक्रियामा विश्वास राख्न आग्रह गरेका छन्। पक्राउ घटनापछि सरकार र सुरक्षा निकायको कदमबारे व्यापक बहस सुरु भएको छ।

error: Content is protected !!