तस्विर : नमो अनलाइन
काठमाडौं । सरकारले सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा दुई दिन बिदा दिने निर्णय गरेको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
त्यस्तै शैक्षिक संस्थाबाहेक सरकारी कार्यालयको समय ९ देखि ५ बजेसम्म कायम गरिएको छ।