२७ आश्विन २०८२, मंगलबार
14-10-2025 , Tue
×

बुढी खोलामा डुवेर २० बर्षिय युवाको मृत्यु

Logo
ब्रहमदेव मेहता प्रकाशित बिहिबार, आश्विन ०१, २०८२

ब्रहमदेव मेहता

देवानगञ्ज । सुनसरीको बर्जु गाउँपालिका–६ तिनमुहास्थित बुढी खोलामा युवाको डु’बेे’र मृत्यु भएको छ।

घटना बिहीबार दिउँसो विश्वकर्मा पूजा सम्पन्न भएपछि मुर्ति सेलाउने क्रममा घटेको हो।

मृत्यु हुनेमा बर्जु–१, गेलाहावारीका २० वर्षीय विशेष्वर कुमार यादव रहेको छ। साथीहरूसँगै मुर्ति सेलाउन गएका यादव खोलाको तीव्र प्रवाहमा परेर वेपत्ता भएको थियो पछि स्थानीयवासीले तत्काल उद्धारको प्रयास गरेका थिए। तर खोलाको पानीको बहाव उच्च र पानी धमिलो भएकाले खोजीगर्न सकिएन।

इलाका प्रहरी कार्यालय देवानगञ्जका प्रमुख प्रहरी निरीक्षक कमल विष्ठको नेतृत्वमा प्रहरी टोली घट’ना’स्थल पुगेको पछि, सशस्त्र प्रहरी र स्थानीयहरुले खोजी गर्ने क्रममा मृत अवस्थामा फेला परेको प्रत्यक्षदर्शीहरूले बताए।

यस्तो घ’ट’नाले हरेक वर्ष धार्मिक वा सांस्कृतिक पर्वका अवसरमा नदी–खोलामा मुर्ति विसर्जन गर्दा सुरक्षा सतर्कताको आवश्यकता अझै बढेको स्थानीयहरुले बताएका छन्।

खोला किनारमा भिड हुने तर सुरक्षाको पूर्वतयारी नहुँदा दु’र्घ’टनाको जोखिम उच्च हुने गरेको उनीहरूको गुनासो छ।