२७ आश्विन २०८२, मंगलबार
14-10-2025 , Tue
×

चाँडपर्वको वेला न्सारीको अस्पतालमै सेवा कार्य

Logo
नमो अनलाईन प्रकाशित बुधबार, आश्विन १४, २०८२

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा समाजसेवी डा. अबुल हुसेन अन्सारीले दशैं जस्तो महान् चाडपर्वलाई पनि सेवा र सहयोगका माध्यमबाट मनाउने परम्परा कायम राख्दै अस्पतालमा विशेष सेवा कार्यक्रम सञ्चालन गर्ने घोषणा गर्नुभएको छ।
उहाँले आफ्नो टिमसहित कीर्तिपुर अस्पताल, वीर अस्पताल र ट्रामा सेन्टरमा रहेका बिरामीहरूलाई खुशी र सहजता प्रदान गर्ने उद्देश्यका साथ दशैंको अवसरमा विभिन्न सेवा गतिविधि सञ्चालन गर्न लाग्नुभएको हो।

डा. अन्सारीका अनुसार, “अस्पताल कहिलेकाहीँ घरजस्तै लाग्छ, किनकि यहाँका पीडितका पीडामा सहानुभूति जनाउनु नै सबैभन्दा ठूलो धर्म हो,” भन्दै पर्वको अवसरमा अस्पतालमा उपचाररत बिरामी र उनीहरूको परिवारलाई भावनात्मक र व्यवहारिक सहयोग पुर्‍याउन आफू सदैव तयार रहेको बताउनुभयो।

उहाँले विगतका वर्षहरूमा पनि यस्तै सामाजिक सेवामूलक कार्यक्रमहरू गर्दै अस्पतालमा पुगेर बिरामीलाई आवश्यक सहयोग तथा खुसी बाँड्दै आउनुभएको छ। यसपटक पनि दशैंको अवसरमा बिरामी तथा उनका अभिभावकलाई फलफूल, स्वास्थ्य सामग्री वितरणदेखि नैतिक हौसला प्रदान गर्ने कार्यक्रम तय गरिएको छ।

“सेवा नै धर्म” भन्ने जीवनमन्त्रलाई आत्मसात् गर्दै डा. अन्सारीले समाजका पीडित र रोगीलाई आफ्नै परिवारका सदस्यझैं मानेर सहयोग गर्दै आउनुभएको छ। यही कारण उहाँको टीम सामाजिक क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएको छ।

दशैंलाई रमाइलो, भोजभतेर र उत्सवमात्र नभई, सेवा र मानवताको पर्वका रूपमा मनाउने डा. अन्सारी र उहाँको टिमको यो अभियानले धेरैको मन छोएको छ। समाजसेवामा सक्रिय युवाको यस प्रकारको पहलले अन्य युवाहरूलाई पनि प्रेरणा दिने अपेक्षा गरिएको छ।