२७ आश्विन २०८२, मंगलबार
14-10-2025 , Tue
×

मोटरसाइकल दुर्घटनामा परी अध्यक्ष मेहता घाईते

Logo
ब्रहमदेव मेहता प्रकाशित बुधबार, आश्विन १४, २०८२

ब्रहमदेव मेहता

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिकाका अध्यक्ष बेचनप्रसाद मेहता मोटरसाइकल दुर्घटनामा परी घाइते भएका छन्।

आफैले मोटरसाइकल चलाई घर जाने क्रममा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो ।

देवानगञ्ज बजार भन्दा पुर्व टेम्पु स्टेण्डमा रहेको राकेश कुस्वाहको खादपसलबाट आफैले मोटरसाइकल चलाई घर जाने क्रममा भट्ठी मोडभन्दा दक्षिण रहेको हनुमान मन्दिर निर दुर्गा पुजाको अवसरमा जाम नहोस् भनेर बाटो डाईभर्सनको लागि राखिएको बाँस छातिमा ठोकिएर मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो।

अहिले उहाँको उपचार बुढिगँगा – २, स्थित रहेको बिराट टिचिङ्ग हस्पिटल एण्ड मेडिकल कलेजमा उपचार भइरहेको छ।

चिकित्सकका अनुसार अहिले अवस्था समान्य रहे पनि चेकजाँच पछि थप जानकारी गराउ

ने बताए।