राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले गत २३ भदौमा भएको जेन–जीको र्यालीमा आफ्नो समर्थन रहेको जनाएका छन् ।
जेन–जी घटनासम्बन्धी जाँचबुझ गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको आयोगलाई दिएको बयानमा बालेनले आफ्नो जेन–जीको र्यालीमा समर्थन रहेको तर आन्दोलनमा नरहेको बताएका छन् ।
‘२०८२ साल भाद्र २३ र २४ गते म सरकारीनिवास लैनचौरमा थिएँ । २३ गतेको शान्तिपूर्ण र्यालीमा मेरो समर्थन थियो, तर आन्दोलनमा थिएन’, बालेनको बयानमा उल्लेख छ । व्यवसायी र रेस्टुरेन्टले आग्रहपछि महानगर प्रहरीले पानी वितरण गरेको उनको दाबी छ ।