११ चैत्र २०८२, बिहिबार
26-03-2026 , Thu
×

बालेनको प्रधानमन्त्री बन्ने बाटो खुल्यो

Logo
ब्रहमदेव मेहता प्रकाशित बिहिबार, चैत्र ११, २०८२

तस्विर : नमो आलाईन

काठमाडौँ । रास्वपा संसदीय दल बैठकले वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता बनाउने निर्णय सर्वसम्वत रुपमा पारित गरेको छ । यो  निर्णयस‌ँगै शाहलाई प्रधानमन्त्री नियुक्ति गर्ने बाटो खुलेको छ ।

संविधानको धारा ७६को उपधारा १ मा राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ भनिएको छ । उसकै अध्यक्षतामा मन्त्रिपरिषद् गठन हुने छ भनिएको छ ।

२१ फागुनमा भएको प्रतिनिधिसभाको निर्वाचनमा रास्वपा दुई तिहाइ नजिक मत ल्याउँदै पहिलो दल बनेको थियो । रास्वपासँग सहज बहुमत भएकाले राष्ट्रपतिले उनलाई धारा ७६ को उपधारा १ अनुसार प्रधानम्त्री नियुक्ति दिँदै भोलि शुक्रबार शपथ खुवाउने कार्यसूची रहेको छ । यसअघि रास्वपाको केन्द्रीय समितिको बैठकले सर्वसम्वत रुपमा शाहलाई संसदीय दलको नेता बनाउने निर्णय गरेको थियो । उक्त निर्णयको प्रस्ताव पार्टी सभापति रवि लामिछानेले गरेका थिए ।

error: Content is protected !!