०३ बैशाख २०८३, शुक्रबार
17-04-2026 , Fri
×

चतरा क्षेत्रबाट मोटरसाइकलसहित ८ केजी गाँजा बरामद, चालक फरार

Logo
ब्रहमदेव मेहता प्रकाशित शुक्रबार, बैशाख ०३, २०८३

तस्विर : नमो अनलाइन

इनरुवा । सुनसरीको बराहक्षेत्र नगरपालिका–५ विशाल चोक, चतरा क्षेत्रमा प्रहरीले अन्दाजी ८ केजी तयारी गाँजा बरामद गरेको छ।

बुधबार राति सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प चतराबाट खटिएको सशस्त्र प्रहरी हवल्दार सूर्यकुमार राई नेतृत्वको २ जनाको टोली र प्रहरी चौकी भरौलबाट प्रहरी सहायक निरीक्षक सहदेव ठाकुर नेतृत्वको २ जनाको टोलीसहित ४ सदस्यीय संयुक्त टोलीले चेकजाँचका क्रममा उक्त गाँजा बरामद गरेको हो।

प्रहरीका अनुसार धरानबाट कान्छीचोकतर्फ जाँदै गरेको को.१८ प. ९५३३ नम्बरको मोटरसाइकललाई शंकाको आधारमा रोकी चेक जाँच गर्न खोज्दा चालकले मोटरसाइकल र झोला छाडेर फरार भएका थिए। त्यसपछि प्रहरीले झोला जाँच गर्दा अन्दाजी ८ केजी गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

बरामद गाँजा र मोटरसाइकल नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सम्बन्धित निकायमा जिम्मा लगाएको छ। फरार व्यक्तिको खोजी कार्य जारी रहेको सशस्त्र प्रहरी बल सुनसरीले जनाएको छ।

error: Content is protected !!